एनआईसी एशिया बैंक र सानिमा लाइफबीच बैंकासुरेन्स सम्झौता | सानिमा लाइफका सम्पूर्ण सेवा अब एनआईसी बैंकका शाखाबाटै
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले बैंकका मुलुकभर रहेका सम्पूर्ण शाखाबाट सहज रूपमा सानिमा लाइफ इन्स्योरेन्सले दिने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
उक्त शाखाको उद्घाटनसँगै बैंकको शाखा संख्या अब २ सय ७२ पुगेको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा हाल सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । बैंकले हाल २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल उक्त बैंकको वासलातको आकार रू. २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगी निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख पुगिसकेको छ ।