पाँचथर पावरको आईपीओका लागि बोर्डले दियो अनुमति |
काठमाडौं । पाँचथर पावर कम्पनीले साधारण शेयर (.आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँबराबरको १९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई रू. १ सय दरका साधारण शेयर सो परिमाणमा निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयबासिन्दालाई ९ लाख ६२ हजार ५०० कित्ता र सर्वसाधारणलाई ९ लाख ६२ हजार ५०० कित्ता गरी सो मात्राको आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीले जानकारी दिएको छ ।