नेपाल ल्यूब आयलले ४० प्रतिशत लाभांश दिने |
काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको २७ औं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरिएको हो ।
कम्पनीले गल्फ इन्टरनेशनलबाट सम्बन्धन प्राप्त गरि विगत २७ वर्षदेखि विभिन्न ब्राण्डका लुब्रिकेन्ट उत्पादन तथा विक्री गर्दै आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षमा २६ सय किलोलिटरभन्दा बढी ल्युब आयल विक्री गर्न सफल भएको कम्पनीका सञ्चालक समितिका अध्यक्ष अरुण कुमार चौधरीले जानकारी दिए । कम्पनीले आगामी दिनमा विक्रीलाई बढाउदै लैजाने जानकारी दिएको छ ।