कुमारी बैंकको सञ्चालकमा गणेश प्रसाद पाठक नियुक्त |
काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालक पदमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राम बस्ने गणेश प्रसाद पाठक नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको पुस १३ गते शुक्रबार बसेको बैठकले पाठकलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
यस्तै सञ्चालक समितिको सोही बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेका पुनाराम भण्डारीले दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।