गोरखाको बारपाकमा प्रभु बैंकको शाखा |

काठमाडौं । प्रभु बैंकले आज शनिवारदेखि गोरखा जिल्लामा अर्को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बारपाक सुलीकोट गाउँपालिका– १ स्थित बारपाकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको भूतपूर्व उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले २०७२ सालको महाभूकम्पबाट प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरूलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए । उनले बैंकको उक्त शाखाको उद्घाटनसँगै अब यहाँका सम्पूर्ण उद्योगी व्यवसायी, संघसंस्थालगायत सर्वसाधारणहरूले सहज रूपमा बैंकिङ सेवा पाउने बताए ।

कार्यक्रममा विशेष अतिथि एवम् नेपाल पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पीडितहरूलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्पपीडित कर्जा प्रवाह गर्ने उद्देश्यले आप्mनो शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंकप्रति हार्दिक आभार प्रकट गरे । उक्त गाउँपालिकामा शाखा स्थापना गरेर प्रभु बैंकले नेपाल पुनर्निर्माण प्राधिकरणको कार्यमा सहयोगीको भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले योगदान पुर्याउने अठोट गरे । उनले बैंकिङ पहुँचभन्दा बाहिर रहेका आम सर्वसाधारणलाई बैंकिङ प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको जानकारी दिए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भूकम्पपीडितलाई बैंकको तर्फबाट सहुलियत ब्याजमा भूकम्पपीडित घरकर्जा स्वीकृत गरियो । उक्त भूकम्पपीडित घरकर्जा प्रमुख अतिथि श्रेष्ठले भूकम्पपीडितहरूलाई हस्तान्तरण गरे । कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवसायी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।