डीडीसीको संचालकमा सितलकाजी श्रेष्ठ नियुक्त |
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ दुग्ध विकास संस्थानको संचालक समिति सदस्यमा नियुक्त भएका छन्।
श्रेष्ठलाई दुई वर्षको लागि विज्ञको रुपमा बोर्ड सदस्यमा नियुक्त गरिएको हो । भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छन्।
भेटेरिनरी व्यवसायमा सक्रिय श्रेष्ठ यस अघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आवद्ध थिए । उनले दुग्ध क्षेत्रको विकासमा संस्थानको भूमिका महत्वपूर्ण रहेको बताउँदै संस्थानलाई व्यवसायिक र गतिशिल बनाउन सहयोगी वातावरण तयार पार्ने प्रतिवद्धता जनाए ।