माछापुच्छ्रे बैंकको ओखलढुङ्गाको सुनकोशीमा नयाँ शाखा, संख्या ८९ पुग्यो |

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गाको सुनकोशीमा शाखा खोलेको छ ।
शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् ।
बैंकको शाखा संख्या ८९ पुगेको छ । बैंकका १०८ एटिएम पनि छन्।