सिटिजन्स बैंकले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरमा खोल्यो |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ ।
यो कार्यालयले ११ वटा शाखाहरु हेर्ने छ । यसले शाखाहरुसँग समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।