आशा लघुबित्तले खोल्यो एकै दिन चार शाखा, २८ जिल्लामा बिस्तार |

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले एकै दिन थप चार वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।
संस्थाले महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको मुखियापट्टी मुसहर मनिया गाउँपालिका, सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका तथा सप्तरीको रुपनी गाउँपालिकामा शाखा खोलेको हो ।
अब संस्थाको शाखा संख्या ४५ पुगेको छ । संस्थाको लघुवित्त सेवा २८ वटा जिल्लाहरुमा विस्तार भएको छ ।