उद्योगपति किसनलाल दुगडको ७५ औं जन्मोत्सवमा आत्मकथा विमोचन |

काठमाडौं । औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको ʽदि रेनाशा म्यानुʼ नामक पुस्तक विमोचन गरिएको छ । पुस्तक विमोचन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् । पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ ।
किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उहा“ १३ वर्षको उमेर बाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागेका थिए । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्र संग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आंटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गरेका थिए । आज केएल दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ ।
नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना गर्यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने केएल दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तरराष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा केएल दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदानगर्दै आएको छ । यो सबै हुनुमा उक्त समुहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि रहेको छ ।