श्री हाइड्रोपावर कम्पनीले आईपीओ ल्याउँदै |
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको हो ।
सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको शेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।