गुराँस लघुवित्तले २ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा रहेको छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । गुराँसले २२ वटा शाखा कार्यालयबाट सेवा पुर्यााउँदै आएको छ ।