सगरमाथा सिमेन्ट उद्योगमा बिजुली सट भई आगलागी |

दाङ । घोराही उपमहानगरपालिका ३ गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योगमा आगलागी भएको छ । उक्त उद्योगको निर्माणाधीन सीएसपी भवनको ३५ मिटरमाथि बिजुली सट भई आगलागी भएको हो ।
आगलागीबाट भवन बनाउन प्रयोग हुने फ्लाई ५ वटा, वल्डिङ मेसिन ५ वटा, अन्य ग्रिल मेसिन र ३ वटा ग्यास सिलिन्डर जलेर नोक्सानी भएको भएपनि कुनै मानवीय क्षति भने नभएको समाचार छ ।