एनआईसी एशियाको ʽसाथीʼ च्याटबोट सञ्चालनमा, अब बैंकबारेको जिज्ञासा च्याटमार्फत |

काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ । बैंकले यही मंगलबार बाट आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिनलाई फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो ।
बैंकको उक्त च्याटबोटमार्फत बैंकका ग्राहकहरुले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन । एनआईसी एशिया बैंकको आफ्नो मुलनारा ʽबैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनिʼ को भावना अनुरुप प्रबिधिमा आएको विकासलाई थप सुविधामा उपभोग गर्ने अभिप्रायले आत्मसाथ गर्दै आएको छ । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।
बैंकले हाल नेपालभर २ स ७० शाखा कार्यालय, २ सय ८७ एटिएम, ३७ ओटा एक्स्टेन्सन काउन्टर तथा २० ओटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकको वासलातको आकार २१३ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिव १६८ अर्ब रुपैयाँ पुगि कुल कर्जा करिब १४५ अर्ब रुपैयाँ भइसकेको छ ।