सरकारद्वारा २१ दिनभित्र अनलाइन फारम भर्नैपर्ने सूचना सार्वजनिक | फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने
काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा समायोजनमा जाने कर्मचारीले मन्त्रालयको वेबसाइटबाट फारम भर्नुपर्ने बताइयो । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न समायोजन डट जीओभी डट एनपीमार्फत् अनलाइन फारम भर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।
कार्यक्रममा वितरित विज्ञप्तिअनुसार अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने उल्लेख छ ।
देशभर १ लाख ३८ हजार १ सय ७८ दरबन्दी कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ । नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी रहनेछन् ।