नेपाल हाइड्रो डेभलोपर लिमिटेडले शेयर लाभांश वितरण गर्ने |
नेपाल हाइड्रो डेभलोपर लिमिटेडले शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस तथा बोनसको कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो ।
बैठकल कम्पनीले आर्थिक वर्ष २०७४⁄७५ को मुनाफाबाट प्रतिशेयरमा ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ४७ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि २७ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत वर्ष कम्पनीले एक करोड ९७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।