कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय |

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन् । बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेकोमा व्यावसायिक कार्ययोजनासहित आवेदन दिएका उनी खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ ।
यसअघि लीलाप्रकाश सिटौला प्रमुख कार्यकारी अधिकृत रहेकोमा उनको कार्यकाल गत मंसिर २७ गते सकिएपछि नयाँ प्रमुख कार्यकारी अधिकृतका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी सार्वजनिक आव्हान गरिएको थियो ।
बैंकको प्रमुख कार्यकारी हुन व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यापार, प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ । प्रमुख कार्यकारी अधिकृतको मासिक तलब औसतमा २ लाख ५० हजार रुपैयाँ हुनेछ ।