ड्याट्सनको बोनान्जा अफर सार्वजनिक |

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०१९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु समक्ष ʽड्याट्सन बोनान्जा अफरʼ सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् । लायल्टी बोनस, फाइनान्सिङ्ग सुविधा, आकर्षक उपहार, १ वर्षको गाडीको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टीका साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्छन् । कम्पनीले हरेक गाडीको खरिदमा सहज फाइनान्सको ब्यवस्था समेत गरको छ ।
यस योजनाअन्तर्गत ड्याट्सन गाडीको खरिदमा अधिकतम १ लाख ९० हजार रुपैयाँको छुट, १ लाख १० हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज, २ वर्षको स्वास्थ्य बीमा योजनालगायतका स’बिधा रहेको छ ।
आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यसका विशेषताहरु रहेका छन् ।