एभरेष्ट बैंकको ʽरिटेल एसेटस् सेलʼ सेवा शुरु |

काठमाडौं । एभरेष्ट बैंकको रिटेल एसेट्स सेलको औपचारिक उद्घाटन भएको छ । आधुनिक बैंकिङ सेवा दिनका लागि पुल्चोकमा स्थापना भएको एसेट्स सेलको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक एलबी प्रभाकरले उद्घाटन गरे । उनले पुल्चोक शाखा कार्यालयको पुनर्नि्र्मित भवनको पनि उद्घाटन गरेका थिए ।
एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन देशको कुना–कुनामा आधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले आफ्ना ९ लाख ५० हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत आन्तिरिक तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।