डिस होमले बुझायो ४ अर्ब १० करोड ९१ लाख राजस्व |

काठमाडौं । स्याटेलाइटमा आधारित डीटीएच प्रविधिमार्फत सेवा दिँदै आएको डिस होमले हालसम्ममा ४ अर्ब १० करोड ९१ लाख राजस्व बुझाएको छ । हिजो सोमवार आफ्नै कार्यालय भवन भैंसेपाटीमा पत्रकार सम्मेलन गर्दै आफूले सञ्चालनमा आएदेखि हालसम्म नेपाल सरकारलाई उक्त मात्रामा राजस्व बुझाएको जानकारी दिएको हो ।
डिस होमले कुल करमध्ये भन्सार करतर्फ रू. ८७ करोड २० लाख ११ हजार, रोयल्टी करतर्फ रू. १९ करोड ३५ लाख ४६ हजार, लाइसेन्स र नवीकरणतर्फ रू. ४ करोड ६८ लाख ३ हजार, आयकर तर्फ रू. ४५ करोड ३० लाख १७ हजार र ग्राहकहरूबाट संकलित टीडीएसएसतर्फ ५३ करोड ४५ लाख रुपैयाँ आर्थिक वर्ष २०७४०७५ सम्म बुझाएको बताएको छ ।
डिस होमले सन् २०१० देखि नेपालमा ग्रामीण भेगदेखि शहरहरूमा एसडी र एचडी च्यानलहरू स्याटेलाइटमार्फत प्रसारण गर्दै आएको छ ।
सरकारले केबुललाई डीटीएच प्रणालीमा लगेसँगै डिसहोमको लोकप्रियता झनै बढेर गएको छ ।