विद्युत् बैठकमा भाग लिन घिसिङको टोली आज दिल्ली जाँदै | इनर्जी बैंकिङ र अन्तरदेशीय प्रसारण लाइनका विषयमा छलफल हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज मंगलवार दिल्ली प्रस्थान गर्ने भएको छ । आज मंगलवारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हुने नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकमा सहभागी हुनका लागि उक्त टोली भारत प्रस्थान गर्न लागेको हो ।
भोलि बुधवारसम्म चल्ने उक्त बैठकमा इनर्जी बैंकिङ, न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा विद्युत् आदानप्रदानलगायत विषयमा छलफल हुने र बाँकी रहेका विषय ऊर्जा सचिवस्तरीय संयन्त्रमा छलफल हुनेछ ।
माथिल्लो तामाकोशीलगायत जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि वर्षाको विद्युत् भारतमा पठाएर इनर्जी बैंकिङ गराउने सोचमा सरकार रहेको छ ।