कसरी सजाउने क्रिसमस ट्रीे ? |
क्रिसमसका बेला बच्चाहरूलाई क्रिसमस ट्री सजाउने शौख हुन्छ । सुन्दर क्रिसमस ट्रीविनाको क्रिसमस खल्लो महसूस हुने गर्छ । तपाईं बजारमा विभिन्न आकार तथा डिजाइनका क्रिसमस ट्री खरीद गर्न सक्नुहुन्छ । तर, आफ्नै हातले बनाएको क्रिसमस ट्रीले बेग्लै आनन्द दिन्छ । यदि ट्रीको माथि लाइटिङ राख्नुभयो भने यसले त्यसलाई निकै आकर्षक बनाउँछ । साथै, त्यसलाई सुन्दर मैनबत्तीहरूले सजाउन पनि सकिन्छ । चम्किलो काजगबाट बनाइएका ताराले सजाउँदा क्रिसमस टी शानदार देखिन्छ । सुन्दर लाइट र अन्य सामानको प्रयोगले क्रिसमस ट्री सजाउने केही तरीका यहाँ दिइएको छ ː
लाइटिङ
क्रिसमस ट्रीमाथि रङ्गीबिरङ्गी लाइट लगाउँदा छुट्टै आकर्षण थपिन्छ । यो वर्षको क्रिसमसमा तपाईं उज्याला लाइट खरीद गर्न सक्नुहुन्छ । यसले सजाइएको क्रिसमस ट्री निकै उज्यालो र राम्रो देखिन्छ ।
आभूषण
क्रिसमस ट्रीमाथि आभूषण सजाउनुको ठूलो महत्व हुन्छ । आजभोलि बजारमा शिशाका आभूषण पनि उपलब्ध छन् । तपाईं यिनीहरूको प्रयोग गरेर क्रिसमसको राम्रो सजावट गर्न सक्नुहुन्छ ।
कपास
कपासको बरफ बनाएर क्रिसमस ट्रीका पातहरूमा राख्नुहोस् । यसले त्यसको थप सौन्दर्य झल्कन्छ ।
उपहार
क्रिसमस ट्रीको आसपास केही उपहारले सजाउन सकिन्छ । त्यसका लागि तपाईं नक्कली उपहारका साथै केही सक्कली उपहारको प्रयोग गर्न पनि सक्नुहुन्छ । बच्चाहरूलाई क्रिसमस ट्रीको नजीक राखिएका उपहारले एकदमै लोभ्याउने गर्छ ।
परम्परागत वस्तु
क्रिसमस ट्रीको नजीक परम्परागत केही वस्तु राख्नुहोस् । त्यस ठाउँमा प्रभु येशु तथा मेरीको मूर्ति राख्न सकिन्छ । साथै, एउटा सानो साण्टाक्लज राखेर पनि तपाईं आफ्नो क्रिसमस ट्रीको आकर्षण बढाउन सक्नुहुन्छ ।
हातले गर्नुहोस् सजावट
यदि तपाईंका बच्चाहरूलाई पेण्टिङ वा हातले बनाउने कला आउँछ भने उनीहरूलाई भनेर त्यस्तो कला सजाएर राख्नुहोस् । उनीहरूले चम्किलो काजगबाट तारालगायत आकर्षक अन्य सामग्री बनाउन सक्छन् । यस्ता सामग्रीको प्रयोगले क्रिसमस ट्रीलाई विशेष देखाउन सघाउ पुग्छ ।
प्रस्तुति ː मदन लामिछाने