बोनस शेयरपछि सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार मूल्य समायोजनपछि बैंकको शेयर मूल्य प्रतिकित्ता ३०९.५२ रुपैयाँमा खुलेको छ ।
समायोजनपछि खुलेको पहिलो कारोबारमा कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता ३०० रुपैयाँसम्म किनबेच भएको छ । दिउँसो करिब २ बसेसम्म बैंकको शेयर ८ रुपैयाँले घटेर प्रतिकित्ता ३०१ रुपैयाँमा किनबेच भइरहेको छ ।