१२ कक्षा पास गर्नेलाई १ लाख रुपैयाँ उपलब्ध गराउने प्रदेश २ को तयारी |

काठमाडौं । प्रदेश २ सरकारले माध्यमिक तहको शिक्षा पूरा गर्नेलाई कम्तीमा १ लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । त्यसका लागि शिक्षा बीमा गराउने प्रयास गरेको छ ।
सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएका बालिकाले माध्यमिक तह पूरा गरी २० वर्ष पूरा गरेमा उसलाई कम्तीमा १ लाख रुपैयाँ दिने व्यवस्था गर्नेगरी शिक्षाबीमा गराउन १५ दिनको समयसीमा दिएर बैंक तथा बीमा कम्पनीहरूलाई प्रस्ताव आव्हान गरेको छ ।
इच्छुक बैंक तथा बीमा कम्पनीहरूले उक्त समयभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रस्ताव पेश गर्नसक्ने प्रदेश नं २ सरकारले जानकारी गराएको छ ।