राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच ५०प्रतिशत पुनर्बीमा सम्झौता |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार बीमा शुल्क तथा बीमा दाबीमा दुवै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौतापश्चात कम्पनीले जारी गरेको कर्मचारी संचय कोषका ६ लाख सञ्चयकर्ताहरुको वार्षिक १ लाख रुपैयाँसम्मको औषधोपचार र १० लाख रुपैयाँसम्मको घातक रोगको उपचारका लागि पुनर्बीमा ब्यवस्था भएको छ ।