आज बिहानै सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प |

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज आइतवार बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । २०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरू पछिसम्म पनि आइरहेका थिए । तर, आज आइतबार बिहान पराकम्प नभई भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।