प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव |
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना साधारण शेयरधनीहरूलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
बैंकले गतवर्ष १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । प्राइम कमर्सियल बैकको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । बोनस वितरणपछि बैकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।