विकास बैंकहरुको पनि ब्याज दरमा भद्र सहमति | वाणिज्य बैंकहरुको भन्दा आधा प्रतिशत बिन्दुमाथि

काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज दर घटाउन सहमति गरेपछि विकास बैंकहरूले पनि ब्याज दर घटाउने सहमति गरेका छन् । विकास बैंकहरुले बाणिज्य बैंकहरुको भन्दा आधा प्रतिशत बिन्दुमाथि मात्र ब्याज दर राख्ने निर्णय गरेका छन् । विकास बैंक संघको बैठकले एक बर्षे ब्यक्तिगत मुद्दति निक्षेपमा ९.७५ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेको हो ।
यसैगरी संस्थागत मुद्दतिकर्ताको ब्याज दर ९ प्रतिशत मात्र हुने छ । बचतको ब्याज दर पनि सात प्रतिशत मात्र हुने भएको छ ।वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको हिजो बिहीवार सम्पन्न आकस्मिक बैठकले नियामक निकायका अधिकारीहरूको निर्देशनअनुसार पुनः भद्र सहमति गरेर ब्यक्तिगतमा ९.२५ प्रतिशत, बचतमा साढे ६ र संस्थागत मुद्दतिमा साढे ८ प्रतिशत ब्याज दिने सहमति गरेका थिए ।
सहमतिसँगै अधिकांस बैंकले ब्याज घटाइसकेका छन् । बैंकर्स संघको सहमतिभन्दा आधा प्रतिशत बिन्दुमाथि मात्र ब्याज दिने गरी सहमति भएको एक बैंकरले जानकारी दिएका छन् ।