कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा मानन्धर |
काठमाडौं । कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले आज शुक्रवारदेखि नै लागू हुने गरी मानन्धरलाई सो पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।
उनले आजदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्षेत्रमा आफ्नो करियर शुरू गरका उनले विभिन्न वाणिज्य बैंकहरूमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिसकेका छन् । उनीसँग वित्तीय क्षेत्रमा करिब १८ वर्ष काम गरेको अनुभव छ ।