शिवम् सिमेण्टको नयाँ योजना सञ्चालनमा | १० बोरा सिमेण्ट किन्दा सुनदेखि नगदसम्म, साथमा हेलिकोप्टर यात्रा पनि

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ । उक्त योजनाअन्तर्गत कम्पनीले प्रत्येक १० बोराको खरिदमा एउटा कुपन पाइनेछ ।
उक्त कुपनको स्क्य्राच गर्ने भागमा स्क्य्राच गरी २.५ ग्रामदेखि १० ग्राम सुनको सिक्का वा १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको नगद पुरस्कार जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सीमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको सो योजनाको नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ । सुनका लागि ९८०१११४६५८ मा सम्पर्क गरी नजिकको वितरक वा शिवम् सिमेण्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । गोसाइँकुण्ड हेलिकोप्टर यात्राका लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रूपमा लेखी लक्की–ड्र बक्समा हाल्नुपर्नेछ ।
संकलित कुपनलाई राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण मार्फत लक्की–ड्र गरी विजेताहरूको घोषणा गरिनेछ । विजेताहरूको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिइनेछ र उक्त मोबाइल नम्बर वाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।