सहायक वन अधिकृत ठाकुर ३४ हजार घूससहित पक्राउ |
म्याग्दी । मयाग्दी जिल्लास्थित डिभिजन वन कार्यालयका एक कर्मचारी ३४ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट उक्त मात्राको रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई रंगे हात पक्राउ गरेको हो ।
अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा उक्त अभियान सञ्चालन गरिएको हो । आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले सो परिमाणको पैसा मागेपछि उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।