साञ्जेन जलविद्युत् ५४ करोडको आईपीओ निष्कासन गर्ने तयारीमा | अनुमतिका लागि पुग्यो धितोपत्र बोर्डमा
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ५४ करोड ७५ लाख रुपैयाँबराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले १ सय रुपैयाँ दरमा उक्त मात्राको आईपीओ निष्कासन गर्न लागेको बताएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आज बिहीवार धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डको अनुमतिपश्चात् कम्पनीले नागरिक लगानी कोषमार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा विक्री गर्नेछ ।