एनआईसी एशियाको साढे १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित | चुक्ता पूँजी अब रू. ८ अर्ब ४ करोडबाट वृद्धि भई रू. ८ अर्ब ८३ करोड
काठमाडौं । एनआईसी एशिया बैंकको २१औं वार्षिक साधारणसभा हिजो बुधवार सम्पन्न भएको छ । सभाले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने भनिएको साढे १० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले साधारण शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
उक्त बोनस शेयर वितरणपश्चात् बैंकको पूँजी रू. ८ अर्ब ४ करोडबाट वृद्धि भई रू. ८ अर्ब ८४ करोड हुनेछ भने चुक्ता पूँजी पनि रू. ८ अर्ब ३ करोड, ११ लाख १६ हजार ९ सय ९८ बाट वृद्धि भई रू. ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ पुग्नेछ ।
उक्त साधारणसभाले सञ्चालक समितिले पेश गरेको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७५ असारको र आ.व. २०७४७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू पनि पारित गरेको छ ।
त्यस्तै, सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडसहितको आ.व. २०७४७५ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।
सभाले चालू आ.व. २०७५७६ का लागि टीआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको हो ।