नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता | अब नेपाल लाइफको बीमा प्रिमियमको २० प्रतिशत नेपाल रिलाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) बीच पुनर्बीमासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झा र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हिजो बुधवा हस्ताक्षर गरेका हुन् ।
सरकारले चालू बजेटमा व्यवस्था गरेबमोजिम अब नेपाल लाइफ इन्इयोरेन्सको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमाले लिने भएको छ । उक्त व्यवस्थाले चालू आ.व.को आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने बताइएको छ ।