एलआईसी नेपाल ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मानित |

काठमाडौं । एलआईसी नेपाल ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मानित भएको छ । सीएमओ एशिया नामक संस्थाले काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्येमा एलआईसी नेपाललाई ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मान गरेका हो ।
एलआईसी नेपालले आफुलाई जीवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसायिक ब्राण्डकोरुपमा स्थापित गर्दै ग्राहक सेवामा उत्कृष्ट कार्य गरिरहेको हुँदा सीएमओ एशियाले यो सम्मान प्रदान गरेको छ ।
उक्त अवार्ड कम्पनीका प्रबन्धक संजिवकुमार अग्रवालले एक कार्यक्रमका बीच लिएका हुन् । सीएमओ एशिया उद्योगका विविध क्षेत्रगत पार्टनरहरु मार्फत उच्च स्तरीय नेतृत्व र ज्ञान आदानप्रदान गर्ने एउटा ग्लोबल संस्था हो ।