बालाजु अटोवर्कले जित्यो ʽग्लोबल ट्रेकफेस्ट २०१८ʼ |
काठमाडौं । महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तरराष्ट्रिय प्राविधिक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ३ समूह व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो । डाइग्नोस्टिक विशेषज्ञ, प्राविधिक तथा सर्भिस एडभाइजर गरी ३ विधामा प्रतियोगीहरुको छनौट गरिएको थियो । यस अघि सन् २०१७ मा आयोजित ट्रेकफेस्टमा अग्नि ग्रुपको भगिनी संस्था बालाजू अटोवक्र्सले तीनवटै विधामा पुरस्कार प्राप्त गरेको थियो ।
बालाजु अटोवर्क प्रालिले विभिन्न ३ समूहअन्तर्गत ९ वटा अवार्डहरु मध्ये ३ वटा अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपालका प्रतियोगीहरुले अन्य देशका सहभागीहरु लाई पछि पार्दै आफ्नो उत्कृष्टता प्रदर्शन गरी ३ वटा समूहमा सफलता प्राप्त गरेका छन् ।
डाइग्नोस्टिक विशेषज्ञ विनोद श्रेष्ठ (विजेता)
प्राविधिक– व्यक्तिगतःतिर्थ श्रेष्ठ (फस्ट रनर अप),
सर्भिस एडभाइजरःसुभाष बुढाथोकी(फस्ट रनर अप)
अग्नि ग्रुपले विजेताहरुको सम्मानार्थ एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा क्याविनेट श्रेष्ठ (अध्यक्ष, अग्निग्रुप), कागलकर चैतन्य (कन्ट्री हेड, महिन्द्रा एण्ड महिन्द्रा) लगायतको उपस्थिति थियो । विजेतहरु लाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रा.ि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।