कतार एयरवेजद्वारा आफ्नो तिव्र विस्तार योजनाका बिषयमा मिडियासँग छलफल कार्यक्रमको आयोजना |

दोहा, कतार । कतार एयरवेजले डिसेम्वर १६ मा एयरलाइन्सको तीव्र विस्तार योजना सम्बन्धी छलफलका लागि शेराटन ग्राण्ड दोहा रिसोर्ट एण्ड कन्भेन्शन होटलमा मिडिया अन्तरक्रियात्मक राउन्ड टेबल आयोजना गरेको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले सो छलफल कार्यक्रमको आयोजना गरेका हुन ।
यस प्रख्यात एयरलाइन्सले २३ नयाँ गन्तव्यहरु सम्मको सेवा सुरुवात गरिसकेको छ । साथै विश्वका थप यात्रुहरुसँग जोडिन नयाँ मार्ग थप्ने आफ्नो महत्वपूर्ण विस्तार कार्यक्रम जारी गरि सकेको छ ।

सो अवसरमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ʽअन्य वायु सेवाहरुको तुलनामा हाम्रा विभिन्न प्रकारका विमानहरुको उपयोग नै कतार एयरवेजका लागि निकै लाभदायक रहेको छ । हाम्रा प्रतिद्वन्द्वीहरुको ध्यानमा नरहेका धेरै मार्गहरु हामीले पहिचान गरिसकेका छौँ र आगामी नयाँ वर्षको सुरुवातसँगै हाम्रो तीव्र विस्तार कार्यक्रम जारी राख्ने योजना बनाएका छौँ ।ʼ
कतार एयरवेजले हालसम्म आफ्नो सर्वोत्कृष्ट माध्यम हमाद अन्तरराष्ट्रिय विमानस्थलमार्फत संसारका १६० भन्दा धेरै गन्तव्यहरुका लागि २०० भन्दा बढी अत्याधुनिक विमान सञ्चालनमा ल्याएको छ ।