अब शुभ जगदम्बाको टिकट अनलाइनबाट |

पोखरा । शुभ जगदम्वा टुर्स एण्ड ट्राभल्स पोखरा प्रालिले अनलाइन मार्फत टिकट दिन शुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत टिकट काटेर सुविधासम्पन्न पर्यटकीय बसमा यात्रा गर्न सकिने सुविधा प्रालिले उपलब्ध गराएको छ ।
ट्राभल्सको विहानी सेवाको बस काठमाडौंको सुन्धारास्थित सिभिल मलबाट छुटेर कान्तिपथ, लैनचौर, ठमेल हुँदै बालाजुबाट छुट्नेछ भने रात्री सेवा गोगवु बसपार्कबाट छुटेर पोखराको बागलुङ वसपार्कसम्म पुग्नेछ । पोखराबाट बागलुङ बसपार्कबाट छुटेर जिरो किलोमिटर, हल्लनचोक हुँदै टुरिस्ट बसपार्कबाट छुट्नेछ । अनलाइन टिकटसँगै यात्रुहरुले बससेवाडटकम, इसेवाडटकमडटएनपीबाट सिधै टिकट काट्ने सुविधा मिलाएको प्रालिले जनाएको छ ।
यात्रुहरुले अनलाइन टिकट काटिसकेपछि आइएमइ पे, आइपे, एससिटी कार्डलगायत पमेन्ट गेटवेका साथै अधिकांश मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिकमार्फत रकम भुक्तानी गर्न सक्ने छन् । लामो समयदेखि काठमाडौंबाट पोखरासम्म पर्यटकीय बस तथा डिलक्स बस सेवा संचालन गर्दै आएको शुभ जगदम्वा टुर्स एण्ड ट्राभल्स कम्पनीपूर्ण रूपमा अटोमेसनमा गएपछि अनलाइनबाट टिकट दिन शुरु गरेको हो ।