ग्रीन डेभलपमेन्ट बैंकले एकै दिन चार शाखा खोल्यो |

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।
बाग्लुङमा केन्द्रिय कार्यालय रहेको क्षेत्रियस्तरको यस ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ सेवा उपलब्ध गराईरहेको जनाएको छ ।
नयाँ खोलेका शाखाहरु सहित बैंकको शाखा संख्या ८ पुगेको छ । थप ३ वटा शाखा छिट्टै खोल्ने क्रममा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।