युनाइटेड सिमेन्टको राजमिस्त्री र ठेकेदारसँग अन्तरक्रिया कार्यक्रम |

काठमाडौं । केएल दुगड गु्रपअन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा, डुम्रे, खैरेनीटार, दुलेगौंडा, पोखरा, लेखनाथ र वाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनिधि हेमलाल श्रेष्ठले जानकारी दिएका छन् ।
राजमिस्त्री तथा ठेकेदारको निर्माण सम्बन्धि कुनै पनि कार्यमा निकै नै ठूलो भूमिका तथा जिम्मेवारी हुन्छ ।, श्रेष्ठले भने,ʽ उनीहरुमा सिमेन्ट सम्बन्धि राम्रो ज्ञानका साथै भूकम्प प्रतिरोधात्मक निर्माण र रेट्रोफिटिङ सम्बन्धि जानकारी हुनुपर्ने आवस्यकता महशुस गरी यो जानकारी मूलक कार्यक्रम आयोजना गरेका हौं ।ʼ
ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानी र धादिङको नौबिसेमा कारखाना रहेको यस युनाइटेड सिमेन्टले विगतमा पनि यस्तै विभिन्न कार्य गर्दै आएको छ । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्घता विज्ञेप्तीमा उल्लेख छ ।