कार्तिकसम्म २ करोड ४३ लाख ५१ हजार नेपालीको बैंक खाता | १२ लाख १७ हजार १६२ जनाले कर्जा लिए

काठमाडौं । पछिल्लो समय आम नेपालीको बैकिङ पहुँच बढ्दै भएको छ । चालु आवको कार्तिक मसान्तसम्म दुई करोड ४३ लाख ५१ हजार चार सय ८५ जना नेपालीले विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता सञ्चालन गरेका छन् । गत आवको कार्तिक मसान्तसम्म यस्तो खाता खोल्नेको संख्या दुई करोड ५ लाख सात हजार ६ सय १२ मात्रै थियो । सो खातामध्ये एक करोड ९८ लाख ७९ हजार आठ सय ६५ ग्राहकले ‘क’ वर्गको वाणिज्य बैंकमा खाता खोलेका छन् ।
‘ख’ वर्गको विकास बैंकमा खाता खोल्नेको संख्या ३९ लाख ३० हजार नौ सय र ‘ग’ वर्गको वित्त कम्पनी (फाइनान्स) मा पाँच लाख ४० हजार सातभन्दा बढीको रहेको छ ।
चालु आवमा कर्जा लिनेको संख्यामा बढोत्तरी भएको छ । चालु आवको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्याको १३ लाख ३३ हजार तीन सय ४१ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । गत आवमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ग्राहकको संख्या १२ लाख १७ हजार एक सय ६२ मात्रै थियो ।
गाउँ गाउँमा बैंक तथा वित्तीय संस्था पुगेका र सरकारको एक व्यक्ति एक खाताको पहुँच पुर्याउने कार्यक्रम सहित खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकले जानककारी दिएको छ ।