जाडोका कपडा कसरी राख्ने ? |

सफा र चिटिक्क मिलेको लुगाले व्यक्तित्व झल्काउँछ । कपडालाई राम्रोसँग मिलाएर नराख्दा त्यसको रङ तथा गुणस्तर खस्किनुका साथै प्रयोग गर्न पनि असजिलो हुन्छ । अहिले जाडो मौसम भएकाले यस्तो बेला लगाइने कपडा मिलाएर राख्नु पनि आवश्यक हुन्छ । धेरैले जाडोका कपडा मिलाएर राख्ने गरेको पाइँदैन । यदि यस्ता कपडा राम्रोसँग राख्ने हो भने धेरै वर्षसम्म लगाउन सकिन्छ । अलगअलग प्रकारका कपडा दराजमा मिलाएर राख्नुपर्छ । जाडोका कपडा राख्ने केही सजिला तरीका तल प्रस्तुत गरिएको छ ː

गर्मीका कपडा भित्र राख्नुहोस्

जाडोमा गर्मीका कपडा प्रयोगमा नआउने भएकाले त्यसलाई मिलाएर दराजभित्र राख्नुपर्छ । यसो गर्दा दराजमा जाडोका कपडा राख्न थप ठाउँसमेत उपलब्ध हुन्छ । गर्मीमा लगाउने कपडालाई राम्रोसँग धोएर मात्र भित्र राख्नुपर्छ ।
शुरूमा जाडोमा लगाउने कपडाहरू, जस्तै– शल, स्वीटर, टप्स, कोट, पाइण्टलगायत अलगअलग भागमा छुट्ट्याउनुपर्छ । साना कपडाहरू मफलर, मोजा तथा टोपीलाई अलग्गै राख्नुहोस् ।
दैनिक प्रयोगका कपडा कसरी राख्ने ?
यदि तपाईं कुनै कपडा लगातार लगाउनुहुन्छ भने त्यस्ता कपडालाई सबैभन्दा माथि राख्नुपर्छ । कहिलेकाहीँ लगाउने कपडा राम्रोसँग पट्ट्याएर दराजको मुनिपट्टि राख्नुपर्छ ।
ह्याङ्गरको प्रयोग
ह्याङ्गरको प्रयोगले दराजमा धेरै कपडा राख्न सकिन्छ । यसको प्रयोगले दराज सफासुग्घर देखिनुका साथै कपडा मिलाएर राख्न निकै सजिलो हुन्छ ।
हूकमा कपडा झुन्ड्यााउनुहोस्
तपाईंलाई एउटा जरुरी मिटिङमा जानु छ, तर तपाईंले टाई तथा बेल्ट भेट्टाउन सक्नुभएन भने कस्तो महसूस हुन्छ ? यस्तो अवस्था आउन नदिन जरुरी कपडाहरू हूकमा राख्न सकिन्छ । यसमा टाई, बेल्ट, मखलर, टोपी तथा गहना राख्न सकिन्छ ।
रयाक

जाडोमा कमै प्रयोग गरिने ठूला जुत्ताहरू रयाकमा राख्नु राम्रो हुन्छ ।