सरकारले धोका दिएको भन्दै लगानीकर्ता दबाब समूहले फेरि थाल्यो अनशन |
काठमाडौं । अर्थ मन्त्रालयले धोका दिएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले फेरि अनशन शुरु गरेको छ । शुक्रबार वार्ता टोली र सरकारी अध्ययन समितिबीच वार्ता भएपनि शनिबार अध्ययन समितिको बैठकमा सामेल नगराएछि धोका दिएकोे आरोप लगाउदै फेरी अनशन शुरु गरेको हो ।
शनिबार अध्ययन समितिको बैठकमा सहभागि हुन राष्ट्र बैंक पुग्दा दबाब समूहका सदस्यहरुलाई मुल ढोकाबाट छिर्न नदिएको आरोप लगानीकर्ताको छ । उनीहरुले आइतबार देखि फेरी नेप्सेको कार्यालय अगाडि रिले अनशन शुरु गरका छन् ।
नेपालको पूँजी बजारलाई संकटतर्फ धकेलेर शेयर बजारमा अन्योल र अराजकता बढाउने लागेको दबाब समूहको आरोप छ ।
समुहले शेयर धितो कर्जाको सिमा ८० प्रतिशत पुर्याउने, शेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्ने, अनलाईन कारोबार प्रणाली पूर्ण रुपमा संचालनमा आएसँगै ब्रोकर कमिशन घटाउने, ब्रोकर मार्फत मार्जिन ल्याण्डिङ्ग उपलब्ध गराउने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष, धितोपत्र ब्यवसायी र शेयर दलाललाई तत्काल डिलरशीप दिने, बढाईएको पूँजीगत लाभकर घटाउने लगायतका माग समावेश गरी प्रतिवेदन बुझाएको थियो ।