सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना |

काठमाडौं । सानिमा बैंकको १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
शुक्रबार दिउँसो १ बजे देखि ४ बजे सम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
सानिमा बंैकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटीएम रहेको छ ।