आईएमई जनरल इन्स्योरेन्सको थप शाखा कीर्तिपुरमा |

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले हालै थप नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले ४४औं शाखाको रूपमा काठमाडौंकोे कीर्तिपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आज गरेका हुन् ।
उक्त शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागाईंले बीमाको पहुँच फराकिलो हुँदै गएकाले स्वस्थ प्रतिपर्धामार्फत आफ्ना ग्राहकहरूलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाव दिए । साथै, उनले शाखा विस्तारसँगै गुणस्तरीय सेवाका लागि दक्ष तथा अनुभवी कर्मचारीहरूको संख्या वृद्धि गर्न समयसापेक्ष प्रशिक्षण कर्मचारीहरूलाई गराउन पनि सुझाव दिए ।
कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत अन्य सदस्यहरू, स्थानीय उद्योगी÷व्यापारीहरू, विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सहकारी संस्थाका प्रमुखहरू तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।