९० लाख खर्च गरेर त्रिभुवन विमानस्थलमा कार्पेट बिछ्याइयो |

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको हो । यस्तै विमानस्थल विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तरराष्ट्रियस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ ।
विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ । यसले विमानस्थलको सुरक्षालाई प्रभावकारी बन्ने बताइएको छ ।
यसअघि आन्तरिकतर्फ प्रस्थानमा मात्रै सुरक्षाजाँच हुन्थ्यो । अब विमानस्थल प्रवेशस्थलमै अन्तरराष्ट्रिय स्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरिएको छ ।
यहाँ पास रिर्डर, लगेज एक्स−रे र वाक थ्रो एक्स−रे छन् । अहिलेसम्म प्रहरीले हातले जाँच गर्दैमा अब विश्वसनीय प्रविधिको प्रयोग शुरु भएको छ ।