पाँच वटा वस्तुले पाए गुणस्तर मापदण्ड |
काठमाडौं । पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत भएकोे छ । उद्योगमन्त्री मातृका यादबको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको ९९ औं वैठकबाट नेपाल गुणस्तर स्वीकृत गरेको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार अर्गानिक ग्रीन कफी, मोटरसाइकलको हेल्मेट, पोलीप्रोपोलिन, हट डिप ग्यालभनाइजिङ अफ आइरन एण्ड स्टील तथा स्टील र स्टीलजन्य वस्तुको नेपाल गुणस्तर स्वीकृत भएको हो ।
दुई वर्षदेखि कफीको मापदण्ड बनाउन लागिरहेको बताउँदै यसले नेपाली कफी निकासी प्रवर्द्धनमा सघाउने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । उनले मोटरसाइकल प्रयोगकर्ताका लागि हेल्मेटको गुणस्तर मापदण्ड बनाइएको बताउँदै यसले प्रयोगकर्ताको सुरक्षामा सहयोग गर्ने बताए । उनका अनुसार अहिले गुणस्तरहीन हेल्मेटको प्रयोगले दुर्घटनामा पर्दा मानवीय क्षती हुने गरेको छ ।