पूर्व प्रहरी कर्मचारीहरुले माछापुच्छ्रे बैंकबाट सरल कर्जा पाउने |

काठमाडौं । माछापुच्छ्रे बैंकले पूर्व प्रहरी कर्मचारीहरुलाई सरल कर्जा उपलब्ध गराउने भएको छ । मंसिर २७ गते सम्पन्न नेपाल पूर्व प्रहरी संगठनको साधारण सभामा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेड बिच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि संझौता भएको हो ।
अब पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी बैंकले कर्जा उपलब्ध गराउने भएको हो । साधारण सभाका प्रमुख अतिथि पुर्व डिआइजी तथा प्रतिनिधि सभा सदस्य नवराज सिलवालले तल्लो तहका पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने बताए ।
यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकाश हुने कार्यक्रमा सहभागिहरुको भनाई छ ।
यस अघिनै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंकले बिर्तामोड, काठमाडौं, चितवन र दाङ्गमा सरल कर्जा संबन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेकाको छ । आगामी दिनमा देशका अन्य क्षेत्रमापनि क्रमश साक्षरता कार्यक्रम संचालन गर्ने बैंकले प्रतिबद्घता जनाएको छ ।
संझौता पत्रमा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर र माछापुच्छे« बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरेका छन् ।