समता माइक्रोफाइनान्सले ६.६६ प्रतिशत् बोनस शेयरसहित ७.३६ प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । समता माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । ग्रामिण समूदायका विपन्न घरधुरीलाई लक्षित गरी बारा जिल्ला केन्द्रीय कार्यालय भएको समता माइक्रोफाइनान्सले ६.६६ प्रतिशत् बोनस शेयरसहित ७.३६ प्रतिशत नगद लाभान्स दिने निर्णय गरेको छ ।
आन्तरीक राजस्व कार्यालयका प्रमूख तुल्सी प्रसाद चौलागाइको प्रमूख आतिथ्यमा सम्पन्न उक्त सभाले एक कार्यक्रमका बीच उक्त घोषणा गरेको हो ।
संस्थाले ०७५ कार्तिक मसान्तसम्ममा ३२ करोड ३४ लाख बचत संकलन गरी ८८ करोड ५ लाख लगानी गरेको बताइएको छ ।