क्यु पे र युनियन पेबीच सहकार्य |
काठमाडौं । युनियन पे इन्टरनेशलसँग क्यु पेले सहकार्य गर्ने भएको छ । क्यु पेको क्युआर डाउनलोड गरेका व्यक्तिलाई यसले मोबाइलको माध्यमबाट युनियन पे इन्टरनेशलसँग नेटवर्क भएको सबै बैंकसँग कारोबार सुविधा उपलब्ध हुनेछ ।
यसको लागी प्रयोगकर्ताले क्यु पेको मोबाइल एप डाउनलोड गरी त्यसमा मोबाइल नम्बर रजिष्टर गरेर रकम समावेश गरी एससिटी मोबाइल बैंकिंङ अथवा क्यु पे क्युआर नेटर्वकमा आवद्ध सबैले यसबाट न्यून शुल्क, अन्तरदेशीय सुरक्षित भुक्तानीको काम गर्ने कम्पनीले जनाएको छ ।
नेपालमा क्यु पेले युनियन पेसँग सहकार्य गर्नका लागि नेपाल राष्ट्र बैँकसँग अनुमति लिइसकेको छ ।